Comments Add Comment

चिनियाँ नेताले भने : कम्युनिस्ट पार्टीको उद्देश्य जनताको जीवनस्तर सुधार्ने हुनुपर्छ

६ असोज, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले जनतालाई सेवा दिनु नै कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा उनले सि जिनपिङ विचारधाराले जनतालाई प्रमुख स्थानमा राख्ने जानकारी गराए । चीन र नेपाल दुबै देशमा कम्युनिस्ट पार्टीको शासन रहेको भन्दै नेता सोङले अब जनताको जीवनस्तर राम्रो बनाउनु नै लक्ष्य हुनुपर्ने बताए ।

उनले नेपाल कम्युनिस्ट पार्टीलाई शुद्धिकरणमा जोड दिन पनि आग्रह गरे । उनले भने ‘हामी आत्मक्रान्ति र शुद्धिकरण चाहन्छौं, कम्युनिस्ट पार्टी र अरुमा फरक के छ भने यसले जनताको हितमात्र हैन आफ्नो क्षमता बढाउने र शुद्धिकरणमा जोड दिन्छ ।’

आर्थिक विकास नै सबै समस्याको समाधान भएको उनले बताए । ‘हामीले ठूलो ऐतिहासिक उपलब्धी हासिल गरेका छौं, किनभने हामीले आर्थिक विकासलाई जोड दिएका छौं’ सोङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment