+
+
Shares

हर्क गुरुङलाई आफ्नो मृत्युबारे पूर्वानुमान थियो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते २१:२८

६ असोज, काठमाडौं । तत्कालीन वन तथा भूसंरक्षण मन्त्री गोपाल राई, योजनाविद् डा. हर्क गुरुङलगायत २४ जनाको ज्यान जाने गरी ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको १३ वर्ष पुरा भएको छ ।

२०६३ असोज ७ गते श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना हुँदा गुरुङले आफ्नो मृत्यु मितिबारे पूर्वानुमान भए जस्तो गतिविधि गरेको उनी निकटहरूको भनाई छ । डा. गुरुङसँग नजिक रहेर लामो समय काम गरेका गणेश गुरुङ भन्छन्, ‘उहाँको सुसाईड नोट त होइन तर, अचम्म लाग्ने दुई वटा उदाहरण छन् ।’

सरकारले गठन गरेको नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष समेत रहेका गणेश गुरुङका अनुसार डा. गुरुङले दुईघटनामा पर्नुभन्दा तीन दिन पहिला आफूले लेखेका पुस्तक र लेखहरूको सूची तयार पारेका थिए । ‘त्यसअघि उहाँले त्यसरी आफ्नो कामको सूची बनाउनु भएको थिएन’ उनी सम्झन्छन्, ‘असोज ४ गते आफूले गरेका कामहरूको सूची बनाएर टेबलमा छोड्नु भएको थियो ।’

डा. गुरुङको तेह्रौं स्मृति पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गणेश गुरुङले भने, ‘दुर्घटनाअघि ताप्लेजुङको घुन्सा त्यति चर्चामा आएको ठाउँ होइन तर, नेपालको नक्सामा उहाँले घुन्साको नक्सालाई हाइलाइट गरेर राख्नु भएको छ ।’

हर्क गुरुङबारे चर्चामा नआएका पाँच तथ्य

डा. गुरुङलाई धेरैले योजनाविद्, भूगोलविद्, पूर्व मन्त्री, परामर्शदाता, लेखकको रुपमा चिन्छन् । तर उनीबारे चर्चामा नआएका तथ्यहरू पनि छन् ।

उनी राम्रो चित्रकार समेत रहेको गणेश गुरुङले जानकारी दिए । डा. गुरुङले आफ्नो पोट्रेट पेन्टिङ आफैंले गरेका थिए ।

उनले सन् १९६६ मा ५२९६ मिटर अग्लो हिमाल आरोहणको प्रयास समेत गरेका थिए । तर उनको आरोहण सफल भने भएन । ‘त्यसहिसाबले उहाँलाई असफल आरोही पनि भन्न सकिन्छ’, गणेश गुरुङ भन्छन् ।

इडनवर्ग विश्वविद्यालयबाट विद्यावारिधी गरेका डा. गुरुङले स्नातकोत्तर भने नपढेको गणेश गुरुङको भनाइ छ । उनकाअनुसार स्नातकबाटै विद्यावारिधी गर्न पाइने भएकाले स्नातकोत्तर गरेका थिएनन् ।

सन् १९३९ मा लमजुङमा जन्मेका डा. गुरुङले राजा, काँग्रेस, एमाले लगायतसँग निकट रहेर काम गरेको देखिन्छ । यसहिसाबले उनलाई वैचारिक अडान नभएको बौद्धिक मान्नेहरू पनि छन् ।

गलैंचा काण्डताका उनी पर्यटन राज्यमन्त्री थिए । राज्यमन्त्री भए पनि मन्त्रिपरिषद बैठकमा सहभागी हुने पाउने भएकाले डा. गुरुङ नै पहिलो पर्यटन मन्त्री भएको गणेश गुरुङ बताउँछन् ।

घुन्सा दुर्घटनामा परेकाहरू

विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर र्फकने क्रममा हेलिकाप्टर दुर्घटना भएको थियो ।

योजनाविद् डा. गुरुङ र तत्कालीन मन्त्री राईसँगै राईकी श्रीमती मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल पनि दुर्घटनामा परेका थिए ।

त्यस्तै विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्ऽप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, नेपाल टेलिभिजनमा कार्यरत पत्रकार हेम भण्डारी र सुनिल सिंह, ताप्लेजुङका दावा शेर्पा, यशी लामा, मिङमानोर्बु शेर्पा, डा. जील बाउलिङ, जेनीफर हेडली, माथीउ पि्रस लगायत थिए ।

तस्वीरहरूः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?