Comments Add Comment

जोन्सनको संसद निलम्बनबारे आज फैसला हुँदै

७ असोज, काठमाडौं । बेलायतको सर्वोच्च अदालतले संसद निलम्वनसम्बन्धी मुद्दामा आज सुनुवाइ गर्ने भएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले गरेको निलम्बनसम्वन्धी निर्णयविरुद्ध सर्वोच्च अदालतमा केही दिन पहिले मुद्दा दर्ता भएको थियो ।

युरोपेली संघबाट बेलायतलाई बहिर्गमन गराउने विषयलाई आफ्नो अनुकूल वातावरण बनाउन प्रधानमन्त्री जोन्सनले संसद निलम्बन गरेका थिए ।

गत हप्ता अदालतमा तीन दिनसम्म भएको बहसपछि अदालतले मङ्गलबार निर्णय सुनाउने भएको हो । कुल ११ मध्ये सात जना न्यायाधीशहरूको इजलाशले यस बारेमा निर्णय गर्न लागेको एक जना प्रवक्ताले जानकारी दिएका छन् ।

बेलायती प्रधानमन्त्रीका रूपमा गत जुलाईमा मात्रै जोन्सनले पदबहाली गरेका थिए । जिम्मेवारी लिएको छोटो अवधिमै उनी संकटमा परेको विश्लेषण गरिएको छ । संसद निलम्बन गर्ने निर्णयले उनलाई थप संकटमा पारेको बेलायती सञ्चार माध्यमहरूले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment