+
+

काठमाण्डौमा ‘ट्रिब्यूट टू राजेश हमाल’ कार्यक्रम हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते १३:१७

साधना कला केन्द्र र लाइभ नेपालको संयुक्त आयोजनामा ‘ट्रिब्यूट टू राजेश हमाल’ कार्यक्रमको आयोजना हुने भएको छ । तीन दशकदेखि चलचित्र क्षेत्रमा अनवरत रुपमा काम गरेका नायक राजेश हमाललाई उनले दिएको योगदानको करद गर्दै सम्मान गर्न लागिएको कार्यक्रमका प्रमुख मिलन मोक्तानले बताए ।

असोजको १२ गते होटल सोल्टीमा राजेशलाई सम्मान गर्न लागिएको हो । आयोजकका अनुसार भारतबाट गायिका साधना सरगम र इन्द्रजित मिजार पनि यो कार्यक्रमका लागि नेपाल आउँदैछन् ।

उनीहरुसँगै नेपालका गायक–गायिकाहरु प्रकाश श्रेष्ठ, उमेश पाण्डे, आनन्द कार्की, यम बराल, निशान भट्टराई, रामा मण्डल, सुरज कुमार थापा, विश्व नेपाली, संजय तुम्रोक, रुपक डोटेल, सुरेश लामा, बुद्ध लामा, रबि ओड, प्रताप दास, कोमल ओली, देविका बन्दना, रमना श्रेष्ठ, प्राश्ना शाक्य, बानिका प्रधान, मीना निरौला, एनी श्रेष्ठ, गायत्री त्रिपाठी, शिला बिष्ट र हास्यकलाकार सन्दिप क्षेत्री आदिले कार्यक्रममा प्रस्तुती दिनेछन् ।

राजेशलाई विभिन्न सरकारी तथा नीजि संस्थाहरुले पनि कार्यक्रममा सम्मान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?