+
+
Shares

सत्तामा बसेर संविधानको विरोध गर्नु ‘निर्लज्जता’ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते १४:५२

७ असोज, जनकपुरधाम । नेपाली कांग्रेसका नेता गगन थापाले सत्तामा बसेर संविधानको विरोध गर्नु ‘निर्लज्जता’ भएको टिप्पणी गरेका छन् । उनीहरुले मधेशको अधिकारका लागि लडिरहेको भनेर जनतालाई भ्रमित बनाइरहेको उनको दाबी छ ।

जनकपुरधाममा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले भने, ‘सत्तामा पनि बस्ने, अनि त्यहीँ संविधानको बिरोध पनि गर्ने कार्य जनतालाई भ्रमित बनाउनुबाहेक केहि पनि होइन ।’

उनले अघि भने, ‘यो निर्लज्जताको पराकाष्ठा पनि हो ।’

संघीय सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाएको भन्दै उनले पार्टी अध्यक्षसँग लडेर संघीय सरकार छाडेर देखाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई चुनौती दिए । सरकारले विगतका सम्झौताबिरुद्व विधेयक ल्याउन लागेको भन्दै उनले जनता बिरोधी विधेयक ल्याउन समाजवादी पार्टीले पनि सघाइरहेको बताए ।

संविधानमा केही कमीकमजोरी भएकै कारण कांग्रेसले संशोधनको मुद्दा उठाएको उनले बताए । ‘अबको हाम्रो मिसन संविधान संशोधन गराउँदै स्वीकार्य बनाउने हो’ उनले भने ।

थापाले संघीय सरकारको पनि आलोचना गरे । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र व्यवस्था खतरामा रहेको भनिरहेको भन्दै उनले उनीहरु आफैं यो व्यवस्थालाई खतरामा पार्न लागेको आरोप लगाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?