Comments Add Comment

सिलिगुडीसँग पुलिस पराजित 

७ असोज, विराटनगर । विभागिय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै रोयल फुटबल क्लब सिलिगुडी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा स्तब्ध बनाउँदै पाहुना टोली सेमिफाइनल प्रवेश गरेको हो ।

रोयल क्लबले फाइनल प्रवेशकालागि विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । निर्धारित समय २–२ गोलको बारीबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

भारतको जितमा गोल रक्षक किशोर गिरीको भूमिका महत्वपूर्ण रहयो । टाईब्रेकरमा भारतका निरज बस्नेत, पोल्साङ लामा, क्लास बस्नेत र सोनाम भुटियाको प्रहारले जाली चुमेको थियो । पुलिसका सुमन लामा र भरत साहको प्रहार मात्रै गोलमा परिणत भयो । निरकुमार राईको प्रहार रोकेका गोल रक्षक गिरी म्यान अफ दी म्याच भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment