Comments Add Comment

ब्रेसियामाथि युभेन्टसको संघर्षपूर्ण जित

८ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरी ए फुटबलमा ब्रेसियामाथि कठिन जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा युभेन्टसले ब्रेसियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा मिरलेम पिजानिकले गोल गरे । जोहन चान्सलरले आत्मघाती गोल गरेपछि युभेन्टसले एक गोल भने उपाहार स्वरुप पाएको थियो । यता, ब्रेसियाका लागि भने अल्फ्रेडो डुनारुम्माले गोल गरे ।

खेको चौथो मिनेटमा नै अल्फ्रेडोले गोल गर्दै ब्रेसियालाई अग्रता दिलाएका थिए । तर खेलको ४० औं मिनेटमा ब्रेसियाका चान्सलरले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगे । योसँगै युभेन्टस १–१ गोलको बराबरीको स्थितिमा आएको थियो ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको युभेन्टसका लागि खेलको ६३औं मिनेटमा पिजानिकले गोल गर्दै जित सुनिश्चित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment