
८ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रहरीको लागि खरिद गरेको गाडी आज (बुधबार) हस्तान्तरण गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक ९डीआईजी० तारिणिप्रसाद लम्साललाई ९ वटा गाडीको साँचो हस्तान्तरण गरेका छन् ।
मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारका नौ गाडी खरिद गरेको थियो । प्रतिगाडी ३६ लाख ९९ हजारका दरले खरिद गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।
यो पनि पढ्नुस्–
प्रदेशले किनेका प्रहरीका ९ वटा गाडी चौरीमा थन्किए
गाडी खरिद गरेको झन्डै अढाई महिना पछि प्रदेश सरकारले प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो । प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएको गाडी प्रदेश प्रहरी गठन हुन ढिलाई हुने भएपछि ९ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए ।
प्रदेशका सबै जिल्लाहरुमा प्रहरीको लागि सवारीसाधन अभाव भइरहेका बेला प्रदेश सरकारले वितरण गरेको गाडीले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहज हुने डीआईजी लम्सालले बताए ।
प्रतिक्रिया 4