Comments Add Comment

जहाँ फट्याङ्ग्रा मिसाएका पाउरोटी किन्न तछाडमछाड हुन्छ

सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्न सक्दछ । फट्यांग्रा पिँधेर बनाइएको धुलो मिसाइएको पिठोबाट तयार गरिने पाउरोटी किन्नका लागि मानिसहरुको तछाडमछाड हुन्छ ।

यो फिनल्याण्डको खबर हो । त्यहाँको एक खाद्य कम्पनी फेजर बेकरीले आटामा सुख्खा फट्यांग्रा पिँधेर बनाइएको धुला मिसाएको पिठोबाट मानिसले खाने ब्रेड उत्पादन गर्ने गरेको छ ।

फट्यांग्रा मिसाएको पिठो उक्त कम्पनीले नेदरल्याण्डबाट आयात गर्ने गर्दछ ।

हुनत फिनल्याण्डमा खानामा प्रयोग हुने किटपतंगको बिक्रिमा प्रतिबन्ध लगाइएको छ । यस्तोमा फेजर बेकरीले बाहिरबाट पिठो आयात गरी यस्तो फट्यांग्रे ब्रेड बनाएर बेच्ने गरेको छ ।

उक्त बेकरीका सिइओका अनुसार यो ब्रेड निकै स्वादिष्ट हुनुका साथै पोषिलो पनि रहेको छ । मानिसहरुले उक्त ब्रेड निकै रुचाएका छन् र खरीद गर्नका लागि बेकरीमा लाइन लाग्ने गरेका छन् ।

उक्त ब्रेड तयार गर्न प्रयोग गरिने फट्यांग्रामा फ्याट्टी एसिड, क्याल्सियम, आइरन तथा भिटामिन बी १२ लगायका पोषक तत्व हुने हुँदा उक्त ब्रेड पौष्टिकताले भरिपूर्ण रहेको दाबी उनको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment