
चलचित्र ‘एन्टी हिरो’को तयारीमा रहेका नायक अनमोल केसीले अर्को एक नयाँ चलचित्र साइन गरेका छन् । साम्तेन भुटियाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘धुपौरे’मा नायक अनमोल केसी फाइनल भएका छन् ।
निर्माणपक्षले यो चलचित्रको लोगो समेत तयार पारिसकेको छ । जसमा, नायक केसीको नाम मात्र उल्लेख छ । चलचित्रका निर्देशक भुटियाले अनलाइनखबरसँग भने–‘हो, हामीले अनमोललाई फाइनल गरिसकेका छौ ।’
नायक अनमोल केसी कमर्सियलसँगे आर्ट मुभीमा पनि काम गर्न चाहन्थे । उनलाई साम्तेनले यो चलचित्रको अफर केही समय अगाडि नै गरेका थिए । लामो समयपछि अनमोलले चलचित्रमा काम गर्ने मनस्थिती बनाएका हुन् । चलचित्रको छायांकन मंसिरमा सुरु हुने बताइएको छ ।
साम्तेनले बनाएको ‘तान्द्रो’ चलचित्रलाई समिक्षकले पनि मन पराएका थिए । उनी, निर्देशित नयाँ चलचित्र ‘ च च हुई’ मंसिरमा रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4