+
+
Shares

अनमोल केसी ‘बाटुलो जुन’मा गाउँले भूमिकामा, करिअरकै सस्तो बजेट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १४:२४
गतसाता कतारमा आयोजित कार्यक्रममा अनमोल केसी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनमोल केसीले ‘बाटुलो जुन’मा अभिनय गर्न पक्का भएको र यो फिल्मलाई सनराइज पिक्चर्स प्रालिले निर्माण गरिरहेको छ।
  • फिल्मको बजेट २५ लाख मात्र रहेको र अनमोल र भुवन केसीले पारिश्रमिक नलिने जानकारी दिइएको छ।
  • छायांकन असार दोस्रो साता चित्लाङमा सुरु हुनेछ र प्रदर्शन मिति तय छैन।

काठमाडौं । अनमोल केसीले आगामी फिल्म ‘बाटुलो जुन’मा अभिनय गर्ने पक्का भएको छ । चलचित्र विकास बोर्डले केही दिनअघि यो फिल्मलाई निर्माण इजाजत दिएको छ ।

बोर्डमा उल्लेख भएअनुसार यो फिल्मलाई जिया केसीले निर्माण गर्नेछिन् भने भुवन केसीले निर्देशन गर्नेछन् । अनमोलको होमप्रोडक्सन कम्पनी ‘सुपर काजल फिल्म्स’ नभएर यो फिल्मलाई सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण गरिँदैछ ।

स्रोतका अनुसार यो फिल्ममा पहिलोपटक अनमोल ग्रामीण पात्रको भूमिकामा देखिँदैछन् । यसका लागि उनले जुँगा राखेका छन् । गतसाता कतार जाँदा पनि उनले जुँगा पालेकै लुक्समा देखिएको थियो ।

यो फिल्म अनमोलको करिअरमै सबैभन्दा सस्तो बजेटमा बन्नेछ । बोर्डमा फिल्मको बजेट २५ लाख मात्र भनिएको छ ।  भुवन र अनमोल दुबैले अभिनय गर्ने यी दुवैले पारिश्रमिक लिनेछैन्न । ‘सबै आर्थिक भार जियाजीले लिएर फिल्म निर्माण गर्न लाग्नुभएको हो । यसलाई होमप्रोडक्सनको फिल्म भन्न मिल्दैन’ स्रोतले भन्यो ।

यसअघि ‘क्याप्टेन’मा पनि अनमोललाई संक्षिप्तरुपमा ग्रामीण रोलमा त देखिएको थियो तर, उनलाई झापाबाट माइग्रेट भएको भूमिकामा प्रस्तुत गरिएको थियो । यो फिल्ममा नयाँ हिरोइन लिने सम्भावना छ ।

‘पछिल्लो समय गाउँका कथामा आधारित फिल्म चलेका छन् । कम बजेटका फिल्मले धेरै कमाइ गरेका छन् । सोही शैलीलाई पछ्याउँदै बाटुलो जुन बन्न लागेको हो’ स्रोतले भन्यो ।

असार दोस्रो साता चित्लाङमा अंगुर खेतीको दृश्य खिच्दै यो फिल्मको छायांकन सुरु हुनेछ । त्यसपछि अनमोल केही साता ‘जेरी अनटप’को गीतमा ब्यस्त हुनेछन् । वर्षा सकिएलगत्तै ‘बाटुलो जुन’को छायांकन अघि बढ्ने जनाइएको छ । यसको प्रदर्शन मिति तय छैन ।

‘सम्भवतः यो फिल्म मास अडिएन्समा जान सक्छ’ स्रोतले भन्यो । स्रोतका अनुसार अनमोल वर्षमा ३ फिल्ममा काम गर्ने मनस्थितीमा छन् । जसलाई लिएर अनमोल अहिले धमाधम इभेन्ट र ब्राण्डको इन्डोर्समेन्टमा ब्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?