+
+
Shares

‘ए मेरो हजुर ५’मा अनमोल केसी अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माता सुनिलकुमार थापाले अनमोल केसीलाई ‘ए मेरो हजुर ५’ को मुख्य भूमिकामा अनुबन्धित गरे।
  • अनमोल केसीले सामाजिक संजालमार्फत नयाँ परियोजनामा सहभागी हुने खुशी व्यक्त गरे।
  • फिल्म ‘बाटुलो जुन’ को छायांकनपछि ‘ए मेरो हजुर ५’ को सुटिङ सुरु हुनेछ।

काठमाडौं । दर्शकले अनमोल केसी र सुहाना थापाको जोडीलाई ‘ए मेरो हजुर’को पाँचौ श्रृंखलामा देख्न पाउने भएका छन् । निर्माता र अभिनेता केसीबीच सोमबार लिखित सम्झौता भएको छ ।

निर्माता सुनिलकुमार थापाले पाँचौ श्रृंखलाको शीर्ष भूमिकामा अनमोललाई अनुबन्धित गरिएको बताए । केसीले पनि सामाजिक संजालमार्फत यसबारे जानकारी दिएका छन् ।

‘लामो समयको विश्रामपश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु । म हजुरहरूमाझ जेरी अन टप, बाटुलो जुन र ए मेरो हजुर ५मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ उपस्थित हुन लागेको खुसीको कुरा सुनाउन पाउँदा निकै उत्साहित र हर्षित छु’ अनमोलले लेखेका छन् ।

अनमोल र सुहानाले यो फिल्मको तेस्रो र चौंथो श्रृंखलामा पनि जोडी बाँधेका थिए । निर्माता थापाका अनुसार सहायक भूमिकामा अर्का एक नयाँ कलाकार पनि देखिनेछन् ।

अनमोलले गर्न लागेको आगामी फिल्म ‘बाटुलो जुन’को छायांकनपछि मात्र यो फिल्मको सुटिङ सुरु हुनेछ । सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन् ।

अनमोल शुक्रबारदेखि ‘बाटुलो जुन’को छायांकन सुरु गर्दैछन् । यो फिल्मको छायांकन करिब १० दिनसम्म चित्लाङमा हुनेछ । यसपछि, फेरि अनमोलले फिल्म ‘जेरी अन टप’को काम सक्नेछन् । यी दुवै फिल्म सकेपछि अनमोलले ‘ए मेरो हजुर ५’को छायांकन अगाडि बढाउनेछन् । अनमोलले फिल्मको तेस्रो र चौथो श्रृङ्खलामा काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?