+
+

‘धुपौरे’ बारे अनमोल भन्छन्–‘मलाई चुनौती रोज्न मनपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ८ गते १२:०४

नायक अनमोल केसी आफ्नै होम प्रोडक्शनको चलचित्र ‘एन्टी हिरो’को काम पछि धकेल्दै नयाँ चलचित्र ‘धुपौरे’को तयारीमा लागेका छन् । साम्तेन भुटियाले निर्देशन गर्न लागेको चलचित्रका लागि राम्रो पारिश्रमिक लिएर अनुवन्धित भएका अनमोल केही दिनयता वर्कशपमा व्यस्त छन् ।

उनै, नायक अनमोल केसीले चलचित्रको बिषयमा अनलाइनखबरसँग भने–‘धुपौरे एउटा जुवाडेको कथा हो । एउटा गाउँमै यो चलचित्रको छायांकन हुनेछ ।’ उनले, आफू सधै नै चुनौती रोज्न तयार हुने भएकाले पनि यसपटक केही फरक कथाको चलचित्रमा काम गर्न तयार भएको सुनाए ।

अनमोलले अगाडि भने–‘हो, मलाई चुनौती मनपर्छ । यो कथाका लागि मैले तासका विभिन्न खेल सिकिरिहेको छु ।’ चलचित्रमा नायक–नायिकाको रोमान्स पनि हुनेछ । तर, लभ स्टोरीलाई पनि फरक कथामा प्रस्तुत गर्ने तयारी निर्देशक भुटियाले गरेका छन् ।

छोटो समयमा नै आफूले धेरै तयारी गर्नुपर्ने अनमोलले बताएका छन् । उनका अनुसार, अहिले दिनभर चलचित्रका लागि वर्कशप भैरहेको छ । चलचित्रका लागि नयाँ नायिका राखिने निर्माणपक्षले बताएको छ ।

अनमोलले आफ्नै होम प्रोडक्शनको चलचित्र ‘एन्टी हिरो’को छायांकन केही पछि धकेलिएको समेत जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?