Comments Add Comment

सलमानले छाडेनन् इद, ‘राधे’ ल्याउने तयारी

सन् २०२० को इदमा रिलिज हुने भनिएको चलचित्र ‘इन्साअल्ला’ निर्माण नहुने भएपछि नायक सलमान खानका फ्यानहरु चिन्तित देखिए । सलमानको आउँदो बर्षको इदमा कुनै पनि चलचित्र रिलिज नहुने संभावना बढेर गएको थियो ।

तर, नायक सलमान खानले केही दिन अगाडि आयोजित एक अवार्ड कार्यक्रममा इदमा आफ्नो चलचित्र रिलिज हुने बताएका थिए । भारतीय मिडियाका अनुसार, सलमान चलचित्र ‘दबंग ३’ पछि नयाँ चलचित्रमा काम गर्दैछन्, जसको नाम ‘राधे’ राखिएको छ । यो चलचित्रलाई निर्देशक प्रभुदेवाले निर्देशन गर्दैछन् ।

यो चलचित्रको छायांकन केही महिनामै सुरु हुनेछ । अहिले चलचित्रको स्क्रिप्टलाई फाइनल रुप दिन सलमान र प्रभुदेवाको साथमा उनीहरुको टिम लागिपरेको छ । यो एक कोरियन चलचित्रको रिमेक भर्सन हो । यसको निर्माणपक्षले चलचित्रको अधिकार किनिसकेको छ । तर, कोरियन चलचित्रको नाम भने निर्माणपक्षले खुलाउन चाहेको छैन ।

आउँदो बर्षको इदमा नायक सलमान खान र अक्षय कुमारविच भिडन्त हुने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment