+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मेडिकल कलेजले अतिरिक्त रकम फिर्ता नगरे डा. केसीले आन्दोलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ८ गते १४:३६

८ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे जुनसुकै बेला आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गरी उनले मेडिकल कलेजले अवैध रुपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् । केसीकै अनसनपछि सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो । तर मेडिकल कलेजहरुले तोकिएको  भन्दा बढी रकम असुलेको भन्दै विभिन्न कलेजमा विद्यार्थीहरु आन्दोलनमा छन् ।

सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र काठमाडौं उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो । तर मेडिकल कलेजहरुले विभिन्न शीर्षकमा त्यो भन्दा बढी शुल्क उठाइरहेका छन् ।

केसीले परासर कोइराला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार विश्वविद्यालयहरुमा नियुक्ति हुनुपर्ने माग गरेका छन् । समितिको मापदण्डबेगर नियुक्ति भएमा मान्य नहुनेसमेत डा. केसीले बताएका छन्।

त्यस्तै स्रंकमणकालीन न्यायसम्बन्धी आयोगमा पनि दलीय भागदण्ड स्वीकार नहुने भन्दै केसीले गम्भीर तथा मानवताविरुद्धका अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कारवाही सुनिश्चित गर्नसमेत माग गरेका छन्।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमडीजीपीको पढाइ तथा शीघ्र एमबीबीएसलगायतका कार्यक्रमको पठनपाठन शुरु गर्न र सबै प्रदेशमा सरकारी मेडिकल कलेज पुर्‍याउने काम गम्भीरतापूर्वक गर्न पनि डा. केसीको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?