Comments Add Comment

कसरी गर्ने मार्बलको सरसफाई ?

घरलाई सजाउनका लागि एकातिर मानिसहरु टायल लगाउन मन पराछन् भने अर्कोतिर केही मानिसहरु घरमा मार्वल लगाउन समेत मन पराउँछन् । घरमा मार्वल लगाउनु त नौलो कुरा होइन, तर तीनको सरसफाइ कसरी गर्ने भन्ने कुरा भने आफैंमा एउटा भिन्नै काम हो ।

केही मानिसहरु मार्वललाई पुछ्नु नै मार्वलको सरसफाइ हो भन्ने बुझ्छन्, तर त्यो सही होइन । मार्वल अपेक्षाकृत निकै नाजुक हुन्छ । त्यसैले यसलाई सधैं नरम कपडाले सफा गर्नुपर्छ ।  मार्बल कसरी सफा गर्ने ?

—मार्वल सफा गर्नका लागि फलामको तार भएको ब्रसको प्रयोग गर्नु हुँदैन । मार्बल सफाई भेनेगर, कागती जस्ता चिजहरुले हुदैन ।

—सामान्य तरिकाले हल्का उम्लिएको पानीले भिजेको नरम कपडाले मार्बलको भुईंलाई सफा गर्न सकिन्छ ।

—मार्वल पुछ्ने क्रममा पानीलाई परिवर्तन गरिरहनु पर्छ, पुरै घरभरीको मार्बलका लागि एउटै पानी प्रयोग गर्नु हु“दैन । त्यो पानीले धुलो सफा हुनुको साटो उल्टै मार्वलमा धुलो टासिन्छ ।

—पानीमा पाकचूर्ण (बेकिङ सोडा) मिसाएर भुईंमा गाढा गम (पेस्ट) लगाएर आधा घण्टासम्म त्यसै छाडिदिने र त्यसपछि भिजाएको कपडाले त्यसलाई हल्का हातले दल्दै सफा गर्ने । यसरी सफा गर्दा कुनै पनि प्रकारको दाग पनि सफा हुन्छ ।

—तेलको दाग मेटाउनका लागि चामलको माड (कर्न स्टार्च) लगाएर एक दिनका लागि त्यसै छाडिदिने । त्यसले तेल सोस्छ । पछि हल्का उमालेको पानी र साबुनको घोलले मार्बल सफा गर्नुपर्छ ।

—धेरै नै फोहोर भएको भुईंमा ‘हाइड्रोजन प्याराक्साइड’को प्रयोगले सफा गर्न सकिन्छ । त्यसका लागि ‘हाइड्रोजन प्याराक्साइड’मा भिजाइएको कपडाले दाग लागेको ठाउँमा हल्का पुछेर केही समयका लागि त्यसै छाडिदिने । त्यसपछि सफा पानीले मार्बल सफा गर्ने ।

— यदि भुईको मार्बलमा तेल, घिउ अथवा दूध पोखिएको छ भने त्यसको दाग तथा चिल्लोपना हटाउनका लागि त्यसमा सुख्खा पिठो छर्किएर त्यसको चिल्लोपना हटाउन सकिन्छ ।

यसबाहेक बजारमा फ्लोरलाई ढाक्ने विशेष प्रकारको प्लाष्टिकको म्याटहरु पनि उपलब्ध छन्, त्यसको पनि प्रयोग गर्न सकिन्छ । उक्त म्याटले पुरै फ्लोरलाई नै ढाक्न सकिन्छ । यदि उक्त म्याट पनि फोहोर भयो भने तपाईंले प्लाष्टिकको खोललाई निकै सजिलै सफा गर्न सक्नुहुनेछ । यसप्रकार धेरै मेहनतबिना नै तपाईंले आफ्नो घरको भुईंलाई सधैंका लागि चम्काउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment