Comments Add Comment

राइनोप्लास्टी अथवा नाकको सर्जरीको बढ्दो आकर्षण

एउटा मानिसको व्यक्तित्व उसको सुन्दरतामा अडिएको हुन्छ । यो कुरा सत–प्रतिशत सही पनि हो, किनभने कुनै पनि मानिसलाई उसको सुन्दरताले नै आँक्ने गरिन्छ । सुन्दर मानिससँग जो कोही नजिक हुन मन पराउँछन् । कुनै पनि व्यक्तिलाई सबैभन्दा पहिला उसको सुन्दरताको पक्षबाट नियालिन्छ अनि मात्र बानी व्यवहारलाई । त्यसैले सुन्दरता मानिसको महत्वपूर्ण अंग बनेको छ ।

मानिस सुन्दर हुनु भनेको समाजमा उसको व्यक्तित्व पनि फरक हुनु बराबर हो । त्यसैले मानिस जसरी पनि सुन्दर हुन चाहन्छ । सुन्दर हुनको लागि ऊ समय र पैसा खर्च गर्न समेत हिच्किचाउँदैन । त्यसैले आज नयाँ–नयाँ सौन्दर्य प्रसाधनले बजारमा राम्रो स्थान जमाएको छ । तर, सुन्दर मानिसको पनि आफ्ना कति अंगहरु आफूले चाहे जस्तो हुँदैनन् । त्यसैले आफ्नो अङ्गहरु आफूले चाहे अनुरुप बनाउनका लागि विभिन्न सर्जरी गर्ने चलन बढ्दै गएको छ । जसमा राइनोप्लास्टी अथवा नाकको सर्जरीको क्रेज त झन् धेरै नै रहेको छ । यसप्रकारको सर्जरीले नमिलेको नाकलाई आफूले चाहे जस्तो आकार दिन्छ । संसारको सबैभन्दा सामान्य ‘कस्मेटिक सर्जरी’ प्रकृयाहरुमध्ये यो पनि एक हो ।

नाकको सर्जरी अथवा राइनोप्लास्टी युवा पिँढीले गर्ने सबैभन्दा प्रचलित कस्मेटिक सर्जरी हो र यसको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । फिल्मको पर्दामा देखिने अभिनेता–अभिनेत्रीहरु जस्तै राम्रो दृश्यका लागि युवाहरु कस्मेटिक सर्जरीको बाटो अपनाउन थालेका छन् । आफूलाई पूर्ण रुपले सुन्दर र उत्कृष्ठ बनाउनका लागि सर्जनको चक्कु पनि सहन तयार छन् अहिलेका युवा । उनीहरु लोकप्रिय हस्तिहरुको नक्कल गर्ने कोशिस गर्छन् ।

पूर्णताको चाहना भएका युवाहरुलाई सर्जरी गर्न कुनै पनि आपत्ति छैन । फिल्मका स्टारहरु सर्ट खोलेर जसरी आफ्नो कसिएको शरीरको प्रदर्शन गर्छन्, अहिलेका युवाहरु पनि त्यस्तै बन्न खोज्छन् । उनीहरु आफूलाई मनपर्ने अभिनेताको तस्वीरसँगै ल्याउँछन् र उसको जस्तो नाक बनाउन चाहन्छन् ।

नाकको आकृति

नाकलाई आफूले चाहेको जस्तो आकार दिनका लागि नाकको यो सर्जरी अर्थात रौनाप्लास्टी गरिन्छ । विश्वमै यसलाई सबैभन्दा सरल कस्मेटिक सर्जरीको रुपमा लिइन्छ । यो सर्जरीले नाकलाई सानो अथवा ठूलो देखाउन, नाकको डाँडी ठूलो बनाउन अथवा घटाउन, फूली लगाउने भागको आकार बढाउन अथवा घटाउन सकिन्छ । यो सर्जरीमा नामको छालालाई हड्डीबाट अलग गरिन्छ, र हड्डीमा आवश्यक परिणााम उत्पन्न गराउनका लागि सर्जनबाट पुनः आकार प्रदान गरिन्छ । यसले अनुहारको वर्तमान अवस्था अनुसार नाकलाई उचित आकार दिलाउने एउटा शल्यप्रकृया हो ।

समय

राइनोप्लास्टी, त्यसो त एउटा शल्यक्रिया हो । जसमा समय सबैभन्दा महत्वपूर्ण कुरा हो । अनुहारका हड्डीहरु पनि एउटा बच्चा परिपक्व भए जस्तै परिपक्व हुन्छन् र अनुहारको विकास हुने क्रममा ती हड्डीहरु असामान्य रुपले विकसित हुन सक्छन् । अमेरिकन सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीका अनुसार जब युवतीहरु १४ वर्षका हुन्छन् र युवकहरु १६ वर्षका हुन्छन्, त्यो उमेरमा उनीहरुको नाकको सामान्यतया ९० प्रतिशत विकास भईसकेको हुन्छ ।

वरिष्ठ कस्मेटिक सर्जनहरुको सुझाव के छ भने १५–१६ वर्षको उमेरभन्दा पहिला राइनोप्लास्टी गर्नु हुँदैन, किनभने त्यो उमेरसम्म अनुहार र नाकको हड्डीहरु बढिरहेकै हुन्छन् । कुनै पनि व्यक्ति १९ वर्ष भएपछि मात्र राइनोप्लास्टी गर्न चिकित्सकहरुको सल्लाह छ ।

सर्जरी गरेपछि नामका केही पीडा हुनु, सूजन हुनु सामान्य हो, तर यो बिस्तारै कम हुँदै जान्छ । सरल ‘एनाल्जेसिक’ले पीडालाई नियन्त्रण गर्नसक्छ । नाकको पीडा कम हुनका लागि एउटा निश्चित समयको आवश्यकता पर्दछ । त्यसैले, शल्यक्रिया गरेको केही महिनासम्म हुने समस्याबाट आत्तिनु हुँदैन । नाकको शल्यक्रियापछि पूर्ण स्वस्थ हुन करिव एक वर्षको समय पनि लाग्नसक्छ ।

महत्वपूर्ण कुरा

यदि नाकको सर्जरी गर्ने व्यक्ति मनैदेखि पूर्ण रुपले तयार छैन भने केही समयपछि नै सर्जरी गर्नु उचित हुन्छ, किनभने यसलाई केही समयपछि पनि आरामले गर्न सकिन्छ । तर, राइनोप्लास्टीलाई दोहो¥यार गर्नभने निकै कठिन छ ।

यदि तपाईंले चाहनुभयो भने एउटा योग्य प्लास्टिक तथा कस्मेटिक सर्जनसँग आफ्नो नाक परीक्षण गराएर यसबारेमा आवश्यक निर्णय लिन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment