Comments Add Comment

पालुङ्गोको सागका फाइदाहरु

पौष्टिक तत्वयुक्त खानाहरुको नाम लिँदा हरिया सागपातको नाम पहिलो स्थानमा आउँछ । सागपातले हामीलाई विभिन्न भिटामिनहरु प्रदान गर्छ । आँखा र कब्जियतको समस्या हुनेहरुका लागि त सागपात वरदान नै मानिन्छ ।

विभिन्न किसिमका सागहरुमध्ये पालुङ्गोको साग हाम्रो शरीरको लागि अति नै फाइदाजनक हुन्छ । पालुङ्गोेको सागले हाम्रो शरीरमा रगतको कमीलाई पूरा गर्न पनि सहयोग पु¥याउँछ । पालुङ्गोेको सागले हाम्रो स्वास्थलाई मात्र नभएर हाम्रो सुन्दरतालाई पनि फाइदा प्रदान गर्दछ । पालुङ्गोको सागको सेवनले हाम्रो छाला सुन्दर हुन्छ । यसको पातमा भरपुर मात्रामा एन्टि–अक्सिडेन्ट पाइनुको साथै यसमा भिटामिन ए र सी पनि पर्याप्त मात्रामा हुने गर्छ । यी तत्वहरु कपालको लागि राम्रो हुनुको साथै छालाको हेरचाहको लागि पनि उपयुक्त हुन्छ । आज हामी तपाईलाई पालुंगोको सेवनको फाइदाहरुको बारेमा केही जानकारीहरु दिँदैछौं ।

लामो केशका लागि

पालुङ्गोेमा भिटामिन बी, सी र ई पाइन्छ । त्यसबाहेक यसमा पोटासियम, क्याल्सियम, म्याग्निसियम, आइरन र ओमेगा ३ फ्याटी एसिडहरु पनि भरपुर मात्रामा हुन्छन् । यी सबै तत्वहरु केशको लम्बाईको लागि अति नै महत्वपूर्ण हुन्छ । पालुङ्गोेमा समावेश भएको आइरनले शरीरमा अक्सिजनको सञ्चालन बढाउँछ । यसले कोशिकाहरुमा रक्त सञ्चार बढाउँछ । यसकारण पालुङ्गोको सागले केश बढाउन पनि सहयोग गर्छ ।

केश झर्न कम हुन्छ

आइरनको कमीले एनिमिया हुने सम्भावना हुन्छ । यसको कारणले पनि केश झर्न शुरु हुन्छ । पालुङ्गोमा पर्याप्त मात्रामा आइरन पाइन्छ, जसले केशको जरालाई बलियो बनाउने गर्छ ।

छाला चम्किलो बनाउन

पालुङ्गोको सागमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । भिटामिन–एले हाम्रो सुन्दरतालाई बढाउने काम गर्छ भने भिटामिन–सी नयाँ कोशिकाहरुको निर्माणमा उपयोगी हुन्छ । बढ्दो उमेरका लक्षणहरुलाई कम गर्नको लागि पनि पालुङ्गो एउटा अचूक उपाय मानिन्छ । यो छालामा आउने रेखाहरु, चाउरीपन र दागहरु हटाउनको लागि अति नै उपयुक्त हुन्छ ।

छालाको कालो दाग हटाउनको लागि

पालुङ्गोको सागले छालामा हुने दाग, चाया र स–साना कोठीहरु हटाउँछ । पालुङ्गोमा एन्टि–अक्सिडेन्ट, राइबोफ्लाविन, भिटामिन र मिनरल जस्ता धेरै पोषक तत्वहरु पाइन्छन्, जुन छालाको लागि अति नै फाइदाजनक हुन्छ ।

अनुहारको दाग हटाउनको लागि पालुङ्गोको पातलाई बेस्वाद गर्ने र त्यसमा केही थोपा कागतीको रस मिसाएर अनुहारमा माक्स जस्तैगरी लगाउने । त्यसलाई २० मिनेटसम्म सुक्न छाडिदिने । २० मिनेटपछि त्यो माक्सलाई पानीको सहायताले हटाउने गर्नुपर्छ । पालुङ्गोको माक्सले अनुहारमा जमेको धुलो–माटो सफा हुनुुको साथै अनुहारमा रहेका दाग–धब्बा पनि हट्छ । यसरी पालुङ्गाको पातबाट बनेको घरेलु माक्स प्रयोग गरेर आफ्नो छालालाई सुन्दर बनाउन सकिन्छ ।

सूर्यको प्रकाशबाट सुरक्षाको लागि

पालुङ्गोको पातमा भिटामिन–बी पाइन्छ । जसले सूर्यको तेज र खतरनाक परावैजनी किरणहरुबाट सुरक्षा प्रदान गर्छ । यसले धेरै प्रकारको छालासम्बन्धी रोगहरुको सम्भावना पनि कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment