+

राजुकाजी शाक्य एनआरटीका मुख्य प्रशिक्षक

२०७६ असोज  ९ गते १९:३१ २०७६ असोज ९ गते १९:३१
राजुकाजी शाक्य एनआरटीका मुख्य प्रशिक्षक

९ असोज, काठमाडौं । राजुकाजी शाक्य न्यु रोड टिम (एनआरटी) क्लबका मुख्य प्रशिक्षकको भूमिकामा देखिने भएका छन् ।

आगामी मंसिर २८ गतेबाट सुरु हुने शहीद स्मारक ए डिभिजन लिग फुटबलका लागि शाक्य एनआरटीका मुख्य प्रशिक्षकमा नियुक्त हुन आँटेका हुन् । एनआरटी क्लब र आफूबीच सहमति भइसके पनि अब लिखित रुपमा मात्रै सहमति हुन बाँकी रहेको प्रशिक्षक शाक्यले बताए ।

उनले भने, ‘क्लब र म बीचमा अब लिखित सहमति हुन बाँकी छ । सहमति पछि क्लबलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने एउटा योजना बनाएर अघि बढ्छौं ।’

गत वर्षको ए डिभिजन लिग हुँदा भने उनी च्यासल युथ क्लबका मुख्य प्रशिक्षक भएका थिए । पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको च्यासललाई प्रशिक्षक शाक्यले आठौ स्थानमा पुर्‍याएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय