Comments Add Comment

भुटानलाई हराउँदै बंगलादेश यु-१८ साफ च्याम्पियनसिपको फाइनलमा

१० असोज, काठमाडौं । १८ वर्षमुनिको साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै बंगलादेश फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा बंगलादेशले भुटानलाई ४–० ले पराजित गरेको हो ।

बंगलादेशले खेलको १६ औं मिनेटमा मोहम्मद तनवीर हुसेनको गोलमा अग्रता लिएको थियो । त्यसपछि २७ औं मिनेटमा मोहम्हद फोसल अहमल फाहिम र ३२ औं मिनेटमा मोहम्मद माराज हुसेनले गोल गरे ।

अन्तिम गोल भने दीपक रोयले खेलको अन्तिम मिनेटमा गरेका थिए । भुटान नेपाललाई हराउँदै पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment