+

क्रिकेट सघंमा सदस्य सचिवको प्रस्तावः मिलेर जाऊँ

२०७६ असोज  १० गते १५:५१ २०७६ असोज १० गते १५:५१
क्रिकेट सघंमा सदस्य सचिवको प्रस्तावः मिलेर जाऊँ

१० असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले नेपाल क्रिकेट संघको नेतृत्व चयन सहमतिका आधारमा गर्नुपर्नेमा जोड दिएका छन् ।

क्रिकेट संघको विशेष साधारणसभाको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव सिलवालले सर्व सम्मत नेतृत्व चयन गर्न राम्रो सन्देश जाने धारणा राखे । ‘अझै पनि केही भएको छैन । सकिन्छ भनेर मिलेर जाऊँ’ उनले भने, ‘क्यानमा राम्रो नेतृत्व आओस् भन्ने हो मेरो चाहना हो ।’

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आगामी बैठकबाट निलम्वन फुकुवा गर्ने प्रतिबद्धता जनाएको भन्दै उनले क्रिकेट संघमा पारदर्शीता हुनुपर्ने र ग्रास रूटदेखि नै क्रिकेटको विकास गर्न अबको नेतृत्व लाग्नुपर्ने बताए ।

आईसीसी प्रतिनिधि नितिशा कोठारीले नेपाली क्रिकेटको विकास होस् भन्ने आईसीसीले चाहेको बताइन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय