१० असोज, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले जिम्बोब्वेसँग ५ विकेटले पराजित भएको छ ।
सिंगापुरमा नेपालले दिएको १३३ रनको जिम्बाब्वेले १८.१ ओभरमा ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
उसले ६४ रन बनाउँदा ५ विकेट गुमाएको थियो । तर रायन बर्ल र रिचमण्ड मुतुम्बामीले अविजित ६९ रनको साझेदारी गर्दै जिम्बाब्वेलाई जित दिलाए । बर्ल ४१ र मुतुम्बामी ४० रनमा नटआउट रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले ४० रन जोडे भने सोमपाल कामी २५ रनमा अविजित रहे ।
नेपालको सुरुवात खराब रह्यो । नेपलको राष्ट्रिय टिममा डेब्यू गरेका इशान पाण्डे मात्र ४ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ५ रन थियो । आरिफ शेखले मात्र ८ रन जोड्न सके । पारस खड्का १८ रनमा आउट भए भने अर्का डेब्यू ब्वाई कुशल मल्लले मात्र २ रन जोड्न सके ।
सन्दीप जोराले १७ रनको पारी खेले । विनोद भण्डारी ११ रनमा अविजित रहे ।
प्रतिक्रिया 4