
११ असोज, काठमाडौं । त्रिकोणात्मक सिरिजमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनायो ।
नेपालले पहिलो विकेट सुरुमा नै लिएको थियो । तर टिम डेभिडले कप्तानी पारी खेले ।
एस चन्द्रमोहनसँग ३५ रनको साझेदारी गरेका डेभिडले मनपि्रत सिंहसँग ४५ रनको साझेदारी गरे । यस्तै चौथो विकेटका लागि अविजित ४९ रनको साझेदारी गरे ।
डेभिड ६४ रनमा अविजित रहे । नेपालका कारण केसीले २ र सुशन भारीले एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4