
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घटना भएको बताए ।
‘को व्यक्ति को पात्र नहेरौं । तर अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नेमाथि दिन दिनदहाडै ज्यान लिने गरी जाइलाग्छन् सरकारका समर्थकहरु । यसरी यो घटनापछि सरकारको विरोध गर्नेहरुतर्फ पनि लक्षित हुन सक्छ’ उनले भने ।
थापाले अघि भने ‘सरकार कानुन बनाएर स्वतन्त्रता खोस्दैछ । चितवन घटना सरकार फासिस्ट हुँदै गएको संकेत हो ।’ शनिबार चितवनमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4