+
+
Shares

भरतपुरको सिनर्जी रोडमा खुल्यो च्वाइस प्वाइन्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते २०:२६

१२, असोज, चितवन । चितवनको भरतपुरस्थित सिनर्जी रोडमा आधुनिक सुविधासम्पन्न कपडाको सोरुम च्वाइस प्वाइन्ट सञ्चालनमा आएको छ । घटस्थापनाको अवसर पारी सञ्चालनमा ल्याइएको सोरुमको देवघाट गलेश्वर आश्रमका स्वामी आत्मानन्द गिरीले एक कार्यक्रमका बीच उद्घाटन गरे ।

सो रूपमा ब्राण्डेड लेडिज, जेन्स तथा बेवी आइटम कपडाहरु राखिएको सञ्चालक शुशील जोशीले जानकारी दिए । दुई ठूला मेडिकल कलेज, बीरेन्द्र क्याम्पस, आगडि रहेको सिजी ल्याण्डमार्क, गुणस्तरप्रति सचेत ग्राहकहरुलाई लक्षित गरी सोरुम सञ्चालनमा ल्याएको सञ्चालक जोशीको भनाइ छ ।

हरेक समान लिनका लागि नारायणगढ बजार नै झर्नुपर्ने बाध्यता रहेका ग्राहकहरुलाई भरतपुरमा नै छनौटको अबसर शो-रुमले प्रदान गर्ने विश्वास जोशीले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?