Comments Add Comment

बालबालिकाको मस्तिष्क विकासका लागि शाम्भवी मुद्रामा योग

योग हामीहरुको मानसिक स्फुर्तीलाई बढाउने मात्रै होईन मानसिक समस्या समाधान गर्ने उपाय पनि हो । योगका विभिन्न मुद्राहरु हुन्छन् । जसलाई हामी नियमित प्रयोग गर्ने गर्दछौं । जसमध्ये बालबालिकाको मस्तिष्कलाई तेज गराउनको लागि शाम्भवी योग मुद्रा एउटा अचुक उपाय हो ।

शाम्भवी मुद्रा आफैंमा एकदमै सरल र कठिन योग मुद्रा पनि हो । यसलाई हामीले सही तरिकाले प्रयोग गरेनौं भने यो एकदमै कठिन योग मुद्रा हो भने यसलाई सरल तरिकाले प्रयोग गर्दा यो एकदमै सरल योग कला पनि हो । उदाहरणको लागि हामी कतै जानु छ भने त्यसको लागि सरल र कठिन बाटो हुने गर्दछ । तर, त्यसमा पनि हामीले सरल बाटोलाई रोज्न जान्नु पर्दएछ । त्यो हाम्रो खुबीको कुरा हो । त्यसैले शाम्भवी योग मुद्रालाई सिक्नको लागि एउटा अनुभवी गुरुको सहायता लिनु नै उत्तम हुन्छ । यसको विविध विधिलाई अमनस्क योग, शिव संहिता र हठयोगप्रदीपिका नामक ग्रन्थमा पनि उल्लेख गरिएको छ ।

शाम्भवी मुद्राको विधि

यो मुद्रा कैयौं तरिकाले गर्ने गरिन्छ । सरल विधिदेखि कठिन र ठूलो विधि पनि यसमा हुन्छ । यो सबै विधिहरु एक समान जस्तै देखिएपनि यसमा थोरै मात्र भिन्नता रहेको छ । यसको मूल उद्देश्य भनेको नै अदृश्यशक्तिको आज्ञाचक्रलाई देख्दै त्यसैको ध्यान गर्नु हो ।

पहिलो विधि

यो योग गर्नुपूर्व सुखासनमा बस्नु पर्दछ । दुबै हातको हत्केलालाई दुई औलाले दबाउनु पर्दछ । बाँकी रहेको ३ वटा औलालाई सिधा राख्नु पर्दछ र फेरि हातको पञ्जालाई भुईंमा टेकाउनु पर्दछ । अर्थात् शरीरलाई ज्ञान मुद्रामा राख्नुपर्दछ । त्यसपछि मेरुदण्डलाई सीधा माथि उठाएर शीरलाई थोरै माथि उठाउनु पर्दछ । त्यसपछि आँखाबाट आँखीभौं देख्नगरी माथि हेरेर बिस्तारै आँखा बन्द गराउनु पर्दछ । त्यसपछि बिस्तारै बिस्तारै सास लिनु पर्दछ ।

दोस्रो विधि 

पहिले सुखासनमा बसेर आफ्नो पीठलाई सीधा राख्नुपर्दछ । आफ्नो काँध र हातलाई खुल्ला छाडेर हातलाई ज्ञानमुद्रामा राख्नुपर्दछ । आफ्नो दुबै आँखालाई आँखी भौंको तर्फ लगेर आधा खुल्ला र आधा बन्द राखेर मन्द गतिमा श्वास लिनु पर्दछ ।

तेस्रो विधि 

यदि योग गर्ने मानिसले त्राटक गरेको छ भने सोही मुद्रालाई अपनाउन सकिन्छ । सबैभन्दा पहिले सिद्धासनमा बसेर आफ्नो मेरुदण्ड र टाउकोलाई सीधा राखेर आँखा भन्दा माथि हुने पर्दा (पलक) बिना नै आँखा झिम्क्याउनु पर्दछ । यसको अर्थ खुल्ला आँखाले सुत्ने प्रयास गर्नु हो ।

चौथो विधि 

केही सन्यासीहरु यसप्रकारको योगा गर्ने गर्दछन् । यसको लागि सबैभन्दा पहिले कुनै सुखासनमा बसेर ध्यान मुद्रा बनाउनु पर्दछ । त्यसपछि मात्रै शाम्भवी योग गर्ने गरिन्छ । यस्तो समयमा दुबै आँखाहरु मस्तिष्कमा लीन गराउनु पर्दछ । यसमा पहिले अँध्यारो देखिने गर्दछ । फेरि बिस्तारै बिस्तारै दिव्य प्रकाश देखिन थाल्दछ ।

यो योगबाट हुने आध्यात्मिक लाभ

यो योग गर्नाले शरीरमा आज्ञाचक्र जागृत हुने गर्दछ । जसका कारण साधकहरु त्रिकालज्ञ हुने गर्दछन् । यस साधनाबाट व्यक्ति भूत र भविष्यको ज्ञाता बन्ने उल्लेख छ । आँखा खुल्ला हुनु तर देख्न नसक्ने यो अवस्थालाई शाम्भवी मुद्रा भन्ने गरिन्छ । यस्तो अवस्थामा हामीले निद्राको मज्जा पनि लिन सक्दछौं भने ध्यानको मज्जा पनि । यो पनि एकदमै कठिन साधना हो । ध्यानमा यो मुद्राले एकदमै धेरै लाभ मिलाउने गर्दछ ।

भौतिक लाभ

शाम्भव मुद्रा गर्नाले दिल र दिमागलाई शान्ति मिल्ने गर्दछ । योगीको ध्यान दिलमा स्थिर हुन लाग्दछ । यसबाट मस्तिस्कको खास हिस्सामा न्यूरोन बढ्ने गर्दछ । यसले हाम्रो मस्तिस्कमा तालमेल गराउने गर्दछ । जसका कारण व्यक्तिको दिमागमा मेमोरी बढ्ने गर्दछ । अनिन्द्राको समस्याबाट छुटकारा मिल्ने गर्दछ र व्यक्ति सुखपूर्वक निदाउने गर्दछ । यसबाट तनाव दूर हुनुका साथै यसको नियमित प्रयोगले मधुमेह, टाउको दुख्ने, मोटोपना, थाईराईड आदिमा लाभ मिल्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment