Comments Add Comment

औं‌ठी र तिलहरी लुट्न महिलाको हत्या ! ५ जना पक्राउ

१३ असोज , काठमाडौं । कपनमा एक महिलाको हत्यामा संलग्नताको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

कपनको तेन्जिङ चोक नजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको हत्यामा संलग्नताको आरोपमा मकवानपुरका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्कीलगायत रहेका छन् ।

तिनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले हत्याको स्वीकार गरेका छन् ।

एक अनुसन्धान अधिकृतले भने ‘लुट्ने नै उद्देश्यले हत्या गरेको देखिन्छ, महिलासँग एउटा तिलहरी र चार वटा औंठी रहेछ, पक्राउ परेकाहरुबाट औंठी पनि बरामद भएको छ ।’ प्रहरीले पक्राउ परेकाहरुको साथबाट ४५ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

ती अनुसन्धान अधिकृतका अनुसार सुरुमा अभियुक्तहरुले महिलालाई वियरमा नशालु पदार्थ मिसाएर खुवाएका थितए । ‘तर त्यसले काम नगरेपछि मुख थुनेर हात बाँधेर र घाँटी च्यापेर हत्या गरेको देखिन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment