Comments Add Comment

पोखराका तन्नेरीहरु दशैंमा कस्तो फेसन रुचाउँछन् ?

पोखरामा फेसनमा रुची राख्ने युवा-युवतीहरु प्रशस्त भेटिन्छन् । पोखरामा यसपटकको दशैंका लागि कस्तो फेसन चलिरहेको छ ? त्यहाँका युवायुवतीले कस्तो डिजाइन रुचाउँछन् ? यसै सन्दर्भमा पोखरा चिप्लेढुंगास्थित श्रीशा फेमिली स्टोरका सञ्चालक श्री बास्तोलासँग छोटो कुराकानी गरिएको छ ।

बास्तोलाजी, पोखरामा दशैं कत्तिको लागको छ ?

दशैं राम्रै लागिरहेको छ भन्नुपर्‍यो । बजारमा भीडभाड बढ्न थालेको छ । मानिसहरु दशैंको किनमेलमा व्यस्त हुन थालिसकेका छन् । यद्यपि, घटस्थापनाको दिनदेखि भने बजारमा निकै नै भीड बढ्ने हाम्रो अपेक्षा छ ।

पोखरामा दशैंका लागि युवतीहरुका लागि कस्तो फेशन चलेको छ ?

यसपटक पोखरामा दशैंका लागि विदेशी फेसन चलिरहेको छ भन्दा फरक नपर्ला । पोखराका युवतीहरुले अत्याधुनिक पहिरनहरु खोजिरहेका छन् । हामीले पनि उनीहरुको रहर अनुसार पाश्चात्य पहिरनहरु उपलब्ध गराइरहेका छौं ।

तपाईंले दशैंका लागि भने नयाँ पहिरन के राख्नुभएको छ ?

युवकहरु झैं युवतीहरुमा पनि कोरीयन फेसनको माहोल चलेको छ । कोरीयन फिल्मका अभिनेत्रीहरुले लगाउने जस्ता पहिरन खोज्ने युवतीहरु बढी छन् । हामीले पनि कोरीयन फेसनलाई यसपाली समावेश गरेका छौं । यसबाहेक भारतीय तथा चिनियाँ पहिरनहरु पनि राखेका छौं ।

किनमेल गर्न कस्ता ग्राहकहरु आइरहनु भएको छ ?

प्रायः सबै वर्गका युवती तथा महिलाहरु पहिरन किन्न आइरहनुभएको छ । मध्यम तथा उच्च वर्गका ग्राहकहरुको संख्या अलिक बढी छ ।

युवतीहरुले लगाउने दशैं विशेष पहिरनको मूल्य कस्तो छ ?

प्रायः १५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका युवती एवं महिलाको पहिरनहरु हामीले उपलब्ध गराएका छौं ।

दशैंका लागि ग्राहकहरुमा कस्ता पहिरनको माग बढेको छ ?

पोखराका युवतीहरुले प्रायः विदेशी ब्राण्डका पहिरनहरु नै खोजिरहेको पाएका छौं । जस्तै एलबी, इर्के, गुज्जी जस्ता ब्राण्डका पहिरनहरु बढी मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment