Comments Add Comment

अपराधको सूचना ल्याउने घुमुवा प्रहरी नै लुटपाटमा संलग्न

आफ्नै कर्मचारी समात्न प्रहरीलाई लाग्यो ११ दिन

१४ असोज, काठमाडौं । सुन लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले संगठनकै एक अधिकृतलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामालाई पक्राउ गरेका हो ।

काठमाडौं प्रहरीका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले लामालाई पक्राउ गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘हामीले मंगलबार दिउँसो पक्राउ गरेका हौं । विस्तृत अनुसन्धान अब सुरु हुन्छ ।’

अदालत विदा भएकाले उनको म्याद थप भएको छैन । काठमाडौं प्रहरीका घुमुवा लामाको सूचनाको आधारमा तीन पटक सुन र एक पटक हतियार पनि बरामद भएको थियो ।

तर, ३ असोजमा उनकै संलग्नतामा बौद्धबाट सुन लुटिएको उजुरी परेपछि लामा फरार भए । लुटपाटमा संलग्न समूहका एक सदस्यले प्रयोग गर्ने मोटरसाइकल लामाको नाममा भएको भेटिएको थियो ।

यो पनि पढ्नुहोस बदनाम घुमुवा प्रहरी ! उद्देश्य सही, काम ‘हप्ता असुली’

प्रकरणमा संलग्न  लिखु–तामाकोशी गाउँपालिकाका राकेश तामाङ पक्राउ परिसकेका छन् भने अन्यको खोजी जारी रहेको प्रहरीले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment