+

लिभरकुसेनमाथि युभेन्ट्सको सहज जित

२०७६ असोज  १५ गते ८:१९ २०७६ असोज १५ गते ८:१९
लिभरकुसेनमाथि युभेन्ट्सको सहज जित

१५ असोज, काठमाडौं । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर लिभरकुसेनलाई पराजित गरेको छ ।

मंगलबार राति भएको समूह ‘डी’ को खेलमा युभेन्टसले लिभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो, गोञ्जालो हिग्युन र फेडेरिको बर्नारडेस्कीले गोल गरे ।

खेलको १७ औं मिनेटमा हिग्युनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ६१औं मिनेटमा बर्नारडेस्कीले गोल गर्दै युभेन्टसलाई २–० गोलको अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा रोनाल्डोले अर्को गोल थपेपछि खेल युभेन्टसले ३–० गोलले जित हात पारेको हो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय