+

म्यानचेस्टर सिटीले डाइनामोलाई हरायो

२०७६ असोज  १५ गते ८:२३ २०७६ असोज १५ गते ८:२३
म्यानचेस्टर सिटीले डाइनामोलाई हरायो

१५ असोज, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ ।

मंगलबार राति भएको समूह ‘सी’ को खेलमा सिटीले क्रोएसियाको क्लब डाइनामो जाग्रेबलाई २–० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङ र फिल फोडेनले गोल गरे ।

पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर सिटीलाई रोकेको डाइनामोले दोस्रो हाफमा भने राम्रो खेल्न सकेन । खेलको ६६ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

खेलको अतिरिक्त समयमा फोडेनले गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय