Comments Add Comment

मेघराज केसी यू-१९ राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त

१५ असोज, काठमाडौं । थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी नेपाली यू-१९ राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज केसीलाई यू-१९ राष्ट्रिय टिमका मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

अब केसीले एएफसी यू-१९ छनोटको लागि नेपाली युवा टिम सम्हाल्ने छन् । एएफसी यू-१९ छनोटमा नेपाल समूह ‘डी’ मा रहेको छ । यो समूहमा इरानसँगै नेपाल यूएई, किर्गिस्तान रहेका छन् । इरानमा हुने यो छनोट खेल नोभेम्बर ६ तारिखदेखि सुरु हुदैछ ।

हलचोकमा केही दिनअघि सम्पन्न यू-१८ साफ च्याम्पियनसिपमा नेपालले खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका थिए । नेपालले भुटानसँग ३-० गोलको हार ब्यहोरेको थियो भने माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment