+
+
Shares

वीरगञ्जमा एक जना रिक्सा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १७ गते १२:२०

१७ असोज, वीरगञ्ज । वीरगञ्जमा एक जना रिक्सा चालक मृत्यु भएको छ । मकवानपुर घर भएका अन्दाजी ४० बर्षिय गोकुल नेपालीको मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिका-८ पानीट्याङकीस्थित आदित्य रिक्सा ग्यारेजमा बिहीबार बेलुका उनी अचेत अवस्थामा रहेको खबर पाए लगत्तै प्रहरी टोली पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले उपचारको लागि नारायणी अस्पताल पठाएको थियो । चेकजाँच पछि अस्पतालले मृत्यु भइसकेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?