Comments Add Comment

सेभियामाथि बार्सिलोनाको सहज जित

काठमाडौं । लुइस स्वरेजको उत्कृष्ट एक्रोब्याटिक गोल गरेको खेलमा बार्सिलोनाले सेभियालाई हराएको छ । र, ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा ९ खेलाडीमा सिमित बार्सिलोनाले सेभियालाई ४–० ले हराएको छ । क्याप नाउमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफको ८ मिनेटभित्र तीन गोल गरेको थियो ।

२७ औं मिनेटमा स्वरेजले खाता खोले । पाँच मिनेटपछि भिडालले गोल गरे भने ३५ औं मिनेटमा उस्मान डेम्बोलेले गोल गरेपछि पहिलो हाफ पूर्णत बार्सिलोनाको नियन्त्रणमा गयो ।

खेलको ७८ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै ४–० को जित सुनिश्चित गरे ।

तर निर्धारित समय सकिन तीन मिनेट मात्र बाँकी छँदा डेब्बेले र रोनाल्ड अरुजोले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाए । २० वर्षका रोनाल्डोले आइतबार नै पहिलो पटक सिनियर टिमबाट खेलेका थिए ।

जितसँगै बार्सिलोनाको ८ खेलबाट १६ अंक भएको छ र लिगको दोस्रो स्थानमा छ । समान खेल खेलेको रियल मड्रिड १८ अंकसहित शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment