Comments Add Comment

पार्किङमा राखेका नौ वटा मोटरसाइकलमा आगजनी

२३ असोज, जनकपुरधाम । धनुषामा एकैसाथ नौ वटा मोटरसाइकल र तीन वटा साइकलमा आगजनी भएको छ । अज्ञात समूहले पार्किङमा राखेको मोटरसाइकल र साइकलमा बिहीबार बिहान आगजनी गरिएको प्रहरीले जनाएको छ ।

जनकनन्दनी गाउँपालिका ३ स्थित प्रखे महुवामा पार्किङ गरिएको नौ वटा मोटरसाइकलमा एकसाथ अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट पाँच वटा नेपाली र ४ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल जलेको छ।

पार्किङ गरिएको ज ९ प ७६२५, स १ प ४३८१, स ८ प ७७१८, ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाइकल जलेका प्रहरीले जनाएको छ । यस्तै, बीआर ३२ एन ५३३९, बीआर ३२ एफ ९३००, बीआर ३२ भी ३०८४, बीआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत जलेको छ ।

मोटरसाइकलसँगै पार्किङ गरिएको साइकल पनि जलेको छ । आगलागी कसले र किन गरेको हो ? भन्नेबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment