Comments Add Comment

खराब ब्याटिङसँगै ओमानसँग हार्‍यो नेपाल

२३ असोज, काठमाडौं । पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ ।

टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो र, मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो ।

नेपालको सुरुवात निकै खराब रह्यो । टिमको स्कोर मात्र दुई रन हुँदा ओपनर निशान पाण्डे आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे । पारस व्यक्तिगत ५ रनमा आउट भए ।

त्यसपछि लगातार विकेट गुमाएको नेपाल मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । नेपालका लागि आरिफले २० र दीपेन्द्र सिंह ऐरीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

घातक बलिङ गरेका आमिर कलिमले ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको ओमानले ११.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपाली बलरहरुले सुरुवातमा ओमानलाई दबावमा राखेका थिए । करण केसीसँगै सोमपाल कामी र सन्दीप लामिछानेले विकेट लिएपछि २७ रन जोड्दा ४ विकेट गुमाइसेको थियो । तर सुरज कुमारले ओमानलाई जित दिलाए ।

उनी एक्लैले ४२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment