Comments Add Comment

अन्तर्राष्ट्रिय टेटे प्रशिक्षक नेपालमा

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग)का लागि बन्द प्रशिक्षणमा रहेका टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेक नेपाल आएका छन् ।

स्वीजरल्याण्डका रिहोरेक एक हप्ताका लागि नेपाल आएका हुन् । ‘नेपाली खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा नपठाएसम्म नेपालमा नै वैदेशिक प्रशिक्षकमार्फत स्तर वृद्धि गर्न नेपाल बोलाइएको हो’– राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदील साहीले भनेका छन् ।

उनको प्रशिक्षणलाई हेरेर तथा खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पठाउन कठिनाई भएमा प्रशिक्षक पाभेललाई अरु बढी समय सम्म राख्न सकिने समेत संयोजक साहीले बताए ।

पाभेलले जर्मनीमा ९ वर्ष, स्विजरल्याण्ड टिममा १८ वर्ष, श्रीलङका र चेकमा समेत प्रशिक्षण प्रदान गरिसकेका छन् । यस्तै २०१६–२०१८ मा वेष्ट टेनर अफ द इयरबाट समेत सम्मानित रहेका छन् ।

उनलाई नेपाली प्रशिक्षक सरह दैनिक भत्ता र एक तर्फी हवाई टिकटमा नेपाल बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment