Comments Add Comment

मोदीले उठाए सी स्वागतका क्रममा समुद्री तटमा थुप्रिएको फोहोर

२५ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान तमिलनाडुको महाबलीपुर (ममल्लापुरम) को समुद्रतटमा देखापरे । यसरी समुद्र तटमा पुगेकाले त्यहाँ आनन्द लिने गर्छन् । तर, मोदीले भने त्यसो गरेनन्, बरू तट वरपर थुप्रिएका फोहोरहरू एक एक गरेर संकलन गर्दै डस्टविनमा राखे ।

मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शुक्रबार महाबलीपुरममा अनौपचारिक भेटवार्ता गरेका थिए । यो क्रममा सीको स्वागतका लागि समुद्री किनारामा फोहोर थुप्रिएका थिए । त्यही फोहोर शनिबार बिहानै माेदीले स‍ंकलन गरेका हुन् ।


मोदीले शनिबार एक ट्विट गर्दै ममल्लापुरस्थित समुद्री तटको फोहोर ३० मिनेट सफा गरेको छन् । उनले त्यसकाे फोटो र भिडियो  ट्विटरमा पोस्ट गरेका छन् , जसमा मोदीले कुडा कर्कट उठाइरहेको देख्न सकिन्छ ।

माेदीले ट्विटमा सार्वजनिक स्थान सफा र स्वच्छ छन् भन्ने सुनिश्चितता गर्न सबैमा आग्रह पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment