Comments Add Comment

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२५ असोज, काठमाडौं । पर्साको पर्सागढी नगरपालिका-३ मा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ना.२०प. २२८७ नम्वरको मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका-२ छप्कैयाका ३० वर्षीय अदनान सिद्धिकी रहेका छन् । घाइते सिद्धिकीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्सागढी नगरपालिकाको बनियारबाट मनवा तर्फ जाँदै गरेको ग.७ प. ३४०३ नम्वरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको  ना.२० प. २२८७ नम्वरको मोटरसाइकल कठहरिया पुलमा शुक्रबार साँझ एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा पर्साको सखुवाप्रसौनि गाउँपालिका २ श्रीपुर पञ्चगावाका २५ वर्षीय बृज किशोर चौधरी, श्रीपुरकै ३२ वर्षीय बिहारी दास र श्रीपुरकै ५२ वर्षीय अच्छेलाल सहनी रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment