Comments Add Comment

राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता

२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहलका अनुसार भेटवार्तामा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ । साथै दुवै देशको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमासमेत विस्तृत कुराकानी भएको थियो ।

भेटवार्तामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगर, खानेपानी मन्त्री विना मगरलगायत नेपाली र चिनियाँ सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । 

भेटवार्तापछि सीको सम्मानमा शितलनिवासमै रात्रिभोज आयोजना गरिएको थियो ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आइपुगेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment