+
+
Shares

दुई दिनको पाहुना…शिव रेग्मी लिखित हिट गीतले पायो पुनर्जन्म

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'हर्ष' को नयाँ गीत 'पाहुना' दिवंगत निर्देशक शिव रेग्मीको शब्द रचना र समीर/हिमालको कम्पोजमा सार्वजनिक भएको छ।
  • गीतमा गरिमा अधिकारीको स्वर रहेको छ र भिडियोमा साइमन वादी, खगेन्द्र लामिछाने र वर्षा राउत फिचर्ड छन्।
  • फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी हुन् र क्रिकेट क्लब पोखरा एभेन्जर्सको टिमले पनि यो फिल्म हेरेको थियो।

काठमाडौं । प्रदर्शनरत फिल्म ‘हर्ष’ को नयाँ गीत ‘पाहुना’ सार्वजनिक भएको छ । दिवंगत निर्देशक शिव रेग्मीको शब्द रचना र समीर/हिमालको कम्पोज तथा बसन्त सापकोटाले रिप्राइज्ड (पुनरावृत्ति) गरेको गीतमा गरिमा अधिकारीको स्वर छ ।

फिल्मका मुख्य कलाकार साइमन वादीलाई फिचर्ड गरिएको गीतको भिडियोमा खगेन्द्र लामिछाने र वर्षा राउत लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

फिल्म रिलिज भएसँगै बालकलाकार साइमनको चर्चा भैरहेको छ । उनी अन्य कलाकारसँग मिलेर हल- हलमा पुगर दर्शकसँग साक्षात्कार गर्दैछन् ।

विभिन्न हलमा पुग्दा दर्शकले दिने प्रतिक्रियाले आफूलाई हर्षित बनाएको अभिनेत्री राउत बताउँछिन् । शनिबार यो फिल्मलाई क्रिकेट क्लब पोखरा एभेन्जर्सको टिमले हेरेको थियो ।

उनीहरुले एनपीएल खेलको चटारोबीच राम्रो फिल्म हेर्न पाउँदा ताजागी महसुस भएको बताए । गेमको प्रेसरका बीच पनि यस्तो राम्रो सिनेमा हेर्न पाउँदा रिफ्रेसमेन्ट मिलेको प्रतिक्रिया दिएका थिए ।

फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी हुन् । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा फिल्म निर्माण भएको हो । प्रसन्न पौडेल र विकास पौडेल निर्माता, हिक्मत चोखाल कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?