Comments Add Comment

के तपाईं पनि स्लिम देखिन चाहानु हुन्छ ?

स्वस्थ, सुन्दर तथा जवान देखिने चाहना हरेक व्यक्तिमा हुन्छ । अझ महिलाहरुमा त यी तीनै वटा कुराको चाहना झन् बढि नै हुन्छ । अधिकांश महिलाहरुले आफूलाई ती कुरा पाउनका लागि सक्दो मेहनत पनि गर्छन् ।

यद्यपि, व्यस्त जीवनशैलीका कारण अधिकांश व्यक्तिलाई आफ्नो फिटनेसका बारेमा ध्यान दिने फुर्सद नै हुँदैन । यस्तो बेलामा तपाईंले लगाउने पहिरन तथा अन्य एसेसरिजहरुले समेत तपाईंलाई स्लिम देखाउन सहयोग पुर्‍याउँछ ।

यहाँ हामी तपाईंको मोटोपनालाई लुकाउनका लागि के-कस्ता उपायहरु गर्न सकिन्छ भन्ने कुराको जानकारी दिँदैछौं ।

-मोटोपन लुकाउन ठूलो साइजका कपडा लगाउनु हुँदैन । कपडाको फिटिङमा विशेष ध्यान दिनु पर्छ ।

-कुर्कुच्चोसम्म लम्बाइ भएका कालो, नीलो जिन्स अथवा ट्राउजर लगाउनुपर्छ । त्यसको साथमा स्लिम फिट सर्ट, ब्लेजर अथवा ज्याकेट लगाउनुपर्छ ।

-घुँडासम्म लम्बाइ भएको पेन्सिल अथवा ए लाइनर स्कर्ट लगाउनु पर्छ ।

-केप्री पाइन्ट, लङ ब्यागी सर्ट्स, छोटा टप, धेरै टाइट ड्रेस, सेपलेस हाफ लेन्थ स्कर्ट आदि लगाउनु हुँदैन ।

-धेरै टाइट अथवा धेरै लुज पहिरन लगाउनु हुँदैन । त्यसले मोटोपना लुक्नुको साटो अझ बढी उजागर हुन्छ । त्यसैले आफ्नो शरीरलाई फिट हुने परिहनमात्र लगाउनु पर्छ ।

-मोटोपन धेरै छ भने पुरा बाहुला अथवा हाफ बाहुला भएका परिहन लगाउनु पर्छ ।

-यदि तपाईंको खुट्टा धेरै मोटा छन् भने छोटा पहिरनका साथमा गाढा रंगका स्टकिङ्स लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment