Comments Add Comment

चीनको सियान र बुटवलबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता

बुटवलका लागि ऐतिहासिक अवसर

२६ असोज, बुटवल । ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चीनको ऐतिहासिक शहर सियान नगरीका बीचमा भगिनी सम्बन्ध स्थापना भएको छ । यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास गरिएको छ । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणकै अवसरमा बुटवलका लागि यो ऐतिहासिक अवसर जुटेको छ ।

चीनका राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनीया राजदुत होउ याङ् छीले आइतबार भव्य समारोहमा उक्त ऐतिहासिक सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरे ।

समझदारीपत्र हस्ताक्षरपछि बुटवलका मेयर सुवेदी र सियान शहरका तर्फबाट चिनियाँ राजदूतले एकअर्कालाई हस्तान्तरण गरेका थिए । भगिनी सम्बन्धले संस्कृति आदान प्रदान हुने र दुबै नगरका बीचमा सुमधुर सम्बन्ध कायम हुने विश्वास गरिएको छ ।

सियान चीनमा सांस्कृतिक हिसाबले धनी नगर मानिन्छ । यो त्यहाँका तत्कालिन विभिन्न ऐतिहासिक सहरहरुको मुख्य राजधानी थियो ।

सियान सहरका उच्च अधिकारीहरुले यसअघि बुटवलको भ्रमण गरेका थिए । त्यसक्रममा उनीहरुले बुटवलको सांस्कृतिक र ऐतिहासिक पक्ष महत्वपूर्ण रहेको भन्दै प्रसंशासमेत गरेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment