
२७ असोज, पोखरा । कास्कीको मादी गाउँपालिका-३ याङ्जाकोटमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरी पुनर्निर्माण गरिएको छ ।
१५ लाख ४८ हजार सात सय रुपैयाँ खर्च गरेर मादी गाउँपालिकाले पोखरी पुनर्निर्माण गरेको हो ।
पोखरीको बीच भागमा शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति स्थापना गरेर चारैतिर तारबार लगाइएको छ ।
स्थानीयको साथ र सहयोगका कारण पुनर्निर्माणको काम चित्तबुझ्दो भएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ-श्याम)ले जानकारी दिए । उनले आगामी दिनमा पोखरीमा रङरोगन गर्ने, पोखरीको वरिपरि बाटो ढलान गर्ने, फूल रोप्ने, बत्ती जडान गर्नेलगायतका काम पनि गरिने जानकारी दिए ।
झ्याली पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य गुरुङले ऐतिहासिक पोखरी पुनर्निर्माणसँगै गाउँको सुन्दरता बढेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4