Comments Add Comment

गोरखा मनकामनामा भुस्याहा कुकुर आतंक

२७ असोज, गोरखा । गोरखा मनकामनामा भुस्याहा कुकुर आतंक बढेको छ । स्थानीय दिनेश जोशीका अनुसार तीन दिनको अन्तरालमा कुकुरले सात जना भन्दा बढीलाई टोकिसकेको छ ।

‘आज मात्र चार जना भक्तजनलाइ टोकेछ,’ उनले भने, ‘यहाँको मेडिकलमा भ्याक्सिन नभएर खैरेनी जानुभयो ।’ यसअघि चार/पाँच जना गाउँलेलाई टोकिसकेको उनले बताए ।  ‘र्‍याल चुहाउदै पुच्छर लुकाउदै हिँड्छ, जसलाइ पायो उसैलाई टोकिहाल्छ, आतंक मच्चाएको छ,’ उनले भने । गाउँका अन्य कुकुरलाई पनि टोकेको उनले जानकारी दिए ।

कुकुरले टोक्यो भन्दै भ्याक्सिन लगाउन आउने बिरामी बढेको मनकामनामा मेडिकल संचालन गरेर बसेका स्थानीय जीतबहादुर क्षेत्री बताउछन् । ‘आज मात्रै चार जना आइसक्नुभयो, १०÷१५ जनालाई टोकिसकेको भन्ने जानकारी पाएको छु,’ उनले भने । कुकुर नियन्त्रणका लागि पहल भइरहेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment