+

इस्टोनियामाथि जर्मनीको सहज जीत

२०७६ असोज  २७ गते १२:१२ २०७६ असोज २७ गते १२:१२
इस्टोनियामाथि जर्मनीको सहज जीत

२७ असोज, काठमाडौं । युरो कप छनोटमा जर्मनीले घरेलु टिम इस्टोनियामाथि सहज जीत निकालेको छ ।

सोमबार विहान समूह ‘सी’ को खेलमा इस्टोनियामाथि जर्मनीले ३–० गोलको जित निकालेको हो । जर्मनीको जितमा इल्काय गुन्डगनले दुई र टिमो वार्नरले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको इस्टोनियाले दोस्रो हाफमा तीन गोल खान पुग्यो । खेलको ५१ र ५७ औं मिनेटमा गुन्डगनले गोल गरे भने खेलको ७१ औं मिनेटमा वार्नरले अर्को गोल थपे ।

यो जितसँगै युरोकपमा पुग्ने जर्मनीको सम्भावना बढेको छ । शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्ससँग अंक बराबरी बनाएको छ । नेदरल्यान्ड्सको ६ खेलबाट पाँच खेलमा जीत र एक खेलमा हारसहित १५ अंक रहेको छ । गोलको आधारमा दोस्रो स्थानमा रहेको जर्मनीको पनि समान खेलबाट पाच खेलमा जीत र एक खेलमा हारसहित १५ अंक नै छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय