Comments Add Comment

दशैंभरिमा मोरङमा ११ जनाद्वारा आत्महत्या

२८ असोज, विराटनगर । दशैंको अवधीमा मोरङ जिल्लामा ११ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्ममा११ जनाले आत्महत्या गरेका हुन् ।

त्यसै अवधीमा १५ जनाले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार दशैंकै अवधीमा भएका ५५ वटा सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने ९१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गत साउन र भदौमा गरी मोरङमा ४६ जनाले आत्महत्या गरेका छन् । चाडपर्वमा मात्र १५ जनाले विष सेवन गरी आत्महत्या प्रयास गरे भने ११ जनाले झुण्डिएर आत्महत्या गरे । आत्महत्या गर्नेमा अधिकांश २५ वर्षमुनिका युवा छन् ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार आत्महत्याको कारणमा उनी गरिबी, पारिवारिक झैझगडा, वैदेशिक रोजगारको समस्या आदि रहेका छन् । गत वर्ष मोरङमा मात्र १७२ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४–७५ मा १८१ र २०७३–७४ मा २२० जनाले आत्महत्या गरेका छन् ।

सानो कुरामा छिट्टै प्रतिक्रिया जनाउने उमेर समूहका मानिसमा निराशताका कारण आत्महत्याको बाटो रोज्न सक्ने मोरङका प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment