२८ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमको कप्तानी त्याग गर्ने पारस खड्काको निर्यणप्रति युवा क्रिकेटर सन्दीप लामिछानेले भावुक प्रतिक्रिया दिएका छन् । उनले पारस अझै सबैको हृदयको कप्तान भएको बताएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै सन्दीपले भनेका छन्, ‘तपाईंको नेतृत्वमा नेपाली क्रिकेटले त्यस्ता स्थानहरुमा पुगेका छ, जहाँ यसअघि कहिल्यै पुगेको थिएन । तपाईंले विगतदेखि मलाई र धेरै युवाहरुलाई प्रेरित गर्नुभयो र हामीर्लाइ यो सुन्दर खेललाई प्रेम गर्न सिकाउनुभयो ।’
पारसलाई सकेसम्म धेरै वर्ष नेपालको प्रतिनिधित्व गरेको आफूले हेर्न चाहेको सन्दीपले बताएका छन् ।
उनले लेखेका छन्, ‘तपाईं साँच्चिकै लिजेन्ड हुनुहुन्छ जसले हामी सबैको हृदयमा ठूलो छाप पार्नुभएको छ । यहाँ (हृदय) तपाईं क्याप्टेन हुनुहुन्छ । द लिजेन्ड पारस खड्का ।’
Starting the journey under your captainship, we’ve reached places Nepal cricket had never been able to before. You’ve inspired so many youths including me in the past years and given us all more reason to love this beautiful game. Best wishes for your future endeavors,
— Sandeep Lamichhane (@IamSandeep25) October 15, 2019
प्रतिक्रिया 4