Comments Add Comment

डा. केसीविरुद्ध अनसन बस्ने विजय थापा पक्राउ

डिन अग्रवालमाथि कालोमोसो दलेको आरोप

२९ असोज, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ परेका छन् ।

थापा चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बस्ने प्रा.डा. गोविन्द केसीविरुद्ध अनसन बस्ने गर्दथे ।

थापालाई मंगलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । थापामाथि गत भदौ २९ गते चिकित्साशास्त्र अध्ययन संस्थानका डिन अग्रवालमाथि कालोमोसो दलेको आरोप छ । थापाका सहयोगीले भने उनी पक्राउ परेको नभइ आत्मसमर्पण गरेको बताए ।

थापाले डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौता खारेज हुनुपर्ने, डा. केसी अनसन बसेका बेलाको तलबभत्ता त्रिवि शिक्षण अस्पतालबाट लिए/नलिएको छानविन गरी तलब लिएको भए राज्यकोषमा फिर्ता गरिनुपर्नेलगायतका मागसमेत गर्दथे ।

यो पनि पढ्नुहोस गोविन्द केसीविरुद्ध उत्रिने विजय थापा को हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment