Comments Add Comment

आलियालाई करिनाको सुझाव–‘मुसा दौडामा नलाग्दा राम्रो’

नायिका करिना कपुरको ठूलो फ्यान हुन् आलिया भट्ट । आलिया र करिनाले एकाध चलचित्रमा एकसाथ काम पनि गरेका छन् । कुनै समय करिना बलिउडकी नम्बर १ नायिका थिइन् । अहिले आलियाले त्यो पोजिशन हासिल गरिरहेकी छिन् ।

‘मामी मुभी मेला’मा एकसाथ पुगेका आलिया र करिनाले एक अर्काको प्रशंसा गरेर थाकेनन् । छलफलका क्रममा करिनाले आलियालाई सुझाव दिइन् । करिनाले आलियालाई भनिन्–‘म आलियालाई मुसा दौडाइमा नलाग्न सुझाव दिन्छु । यसले, उनको प्रतिभा छायामा पार्छ ।’

करिनाले अगाडि भनिन्–‘आफ्नो प्रतिभालाई सस्तो तरिकाले नबेच्न आग्रह गर्दछु ।’ करिनाको सुझावलाई आलियाले सकारात्मक रुपमा लिएको बताएकी छिन् । आलिया र करिना अहिले नयाँ चलचित्र ‘तख्त’मा एकसाथ काम गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment